नेपालीरिका होटलमा राजेश हमालको रमाइलो

सुन्दरहरैचा । अभिनेता राजेश हमाल बिहीवार बिहान सुन्दरहरैचाको विराटचौकमा साइकलमा देखिएका छन । अभिनेता राजेशलाई विराटचौकमा रहेको नेपालीरिका होटलमा सुन्दरहरैचा साइकल राइडर्ससगै देखिएको हो ।

अभिनेता राजेश बुधवार सुन्दरहरैचामा भएको शिल्पी थ्रिएटरको भवन शिलन्यास कार्यक्रममा आएका थिए । आयोजकले उनलाई बुधवार साझा नेपालीरिका होटलमा नै राखेको थियो । अभिनेता राजेश हमाललाई भेट्न् सुन्दरहरैचा साइकल राइडर्सका सदस्यहरु बिहीवार बिहान नेपालीरिका होटल पुगेका थिए । सोही क्रममा अभिनेता राजेश हमालले साइकलमा राइडर्स सदस्यहरु सग तस्विर खिचाएका हुन ।

नेपालीरिका होटलमा अभिनेता राजेशलाई सुन्दरहरैचा नगरपालिकाका पुर्व नगरप्रमुख शिवप्रसाद ढकाल र उधोगपती भोलेश्वर दुलाल, सुन्दरहरैचा साइकल राइडर्सका सदस्यहरु खेमराज दाहाल, रामकृष्ण खड्का, पारस ढुङ्गेल, रविन विष्ट लगायत अन्य व्यक्तिहरुले स्वागत सम्मान गरेका थिए ।