एभरेष्ट इङ्गलिस स्कुलका विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाई

भक्तपुर / भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले सूर्यविनायक नगरपालिकाकाे गुण्डुमा पुगेर सरसफाई अभियान चलाएका छन् ।  कक्षा ७ मा अध्ययन गर्ने ३७ जना छात्रछात्राले शिक्षकशिक्षिकाहरूकाे साथमा सूर्यविनायक नगरपालिका-७ गुण्डुको मन्थली डाँंडामा पुगेर सरसफाई गरेका हुन् ।

मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँं पिकनिक स्पोटको रुपमा रहेकाे छ । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँंमा विद्यार्थीले फोहर, पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, शिशाका टुक्रा संकलन गरीे व्यवस्थापन गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँंमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँंमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँं आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँंमा नफाली जथाभावी फाल्नाले त्यहाँं फोहोर देखिएकोले यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँं लगेको थियो ।