विश्वासका मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाईसमेत बोलाएका थिए । मन्त्रिमण्डलको पुर्णता तथा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम सके पछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।