सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बेग्ला बेग्लै स्थानमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन । आईतवार सुन्दरहरैचाको वडा नं ५ स्थित बलिया चोक, दुलारी, वडा नं ७ स्थित गोठगाउमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका हुन ।

वडा नं ५ स्थित बलिया चौकमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको प्र.१-०२-००३ ह ५३२७ न.को सिटी सफारीलाई सोहि दिशाबाट जादै गरेको प्र.३-०२-००८ प ४४५३ न.को स्कुटीले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक इटहरी बस्ने बर्ष ३२ को शुशिल खडका घाईते भएकी छन । उनको इटहरी स्थित सामुदायिक अस्पताल ईटहरीमा उपचार भइरहेको छ । त्यस्तै उक्त वडामा पर्ने दुलारी चौकमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गरेको को १ ह १९८८ न. को सिटि सफारी र पश्चिम बाट पुर्व तर्फ आउदै गरेको प्र. १-०१-०५१ प ६४४५ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल ईटहरी बस्ने बर्ष २९ को बिप्लप थापा र पछाडि सवार निजको श्रीमती बर्ष २७ कि अन्जु थापा घाइते भएका छन । उनिहरुको स्थानिय मेडिकल बलियामा उपचार भइरहेको छ ।

त्यस्तै वडा नं ७ गोठगाँउ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ आँउदै गरेको प्र १-०२-०४८ प ९२५७ नं.को मोटरसाइकलले सोही दिशा तर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदा साइकल यात्री सुन्दरहरैचा वडा नं ३ बस्ने वर्ष २९ को बिकाश कटुवाल मोटरसाइकलमा सवार चालक ईटहरी बस्ने वर्ष ३३ को शनि कुमार शर्मा र मोटरसाइकल पछाडी सवार वर्ष ३० को ईब्रउन अन्सारी घाइते भएका छन । घाइते तिनै जनाको दुलारी सामुदायिक अस्पताल दुलारीमा उपचार भईरहेको छ ।