भोलि शोक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।