तीन दिनमै तयार भयो धनकुटाको छथरजोरपाटीमा हेलिप्याड

बिराटचोक : धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ पानी ट्याङ्की नजिक निर्मित हेलिप्याड हिजो हस्तान्तरण गरिएको छ । छथरजोरपाटी गाउँपालिकाको आर्थिक लगानी तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको प्राविधिक सहयोगमा निर्मित हेलिप्याडको सम्पूर्ण काम पूरा गरेर वरख गणले गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुलाई हस्तान्तरण गरिएको हो ।
हेलिप्याड हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले यसअघि नै धनकुटाको महालक्ष्मी नगरपालिका र शहिदभूमि गाउँपालिकामा हेलिप्याड वनिसकेको जानकारी गराउँदै जिल्लामा यो तेश्रो हेलिप्याड निर्माण गरिएको बताए ।
हेलिप्याड वनिसकेपछि यदी कुनैपनि समयमा सवारी साधन चल्ने सडकहरु भत्किएको वेला गाउँपालिकाको जुसुकै स्थानमा विपत्ती आईपरे घाईते मानिसको उद्धार गर्न तथा राहत वितरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी घिमिरेको बनाई दियो ।
त्यस्तैगरी गाउँपालिका प्रमुख लिम्वुले यो हेलिप्याड गाउँपालिकाको विपद व्यवस्थापन कोष अन्र्तगतको २ लाख २२ हजार बरावर लागतमा निर्माण गरिएको जानकारी गराएका थिए । विपदको समयमा विपतीमा परेकाहरुलाई उद्धार गर्न तथा राहत वितरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ निर्माण भएको प्रमुख लिम्बुले बताए ।

यो समाचार धनकुटा खबर बाट लिइएको हो ।