प्रदेश १ उपसभामुखमा सिर्जना निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार निर्वाचित भएकी छिन् । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो ।

उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको छ । मतदानमा ९० जना सांसदहरुको सहभागिता थियो । दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए ।