घिमिरेको खण्डकाव्य ‘किनारीकृत माइली’ विमोचन

सुन्दरहरैंचा । साहित्यकार छवी वैरागी घिमिरेको खण्डकाव्य ‘किनारीकृत माइली’ विमोचन भएको छ । सुन्दरहरैंचा कला साहित्य विकास समितिको आयोजनामा उक्त खण्डकाव्यको विमोचन गरिएको हो ।

साहित्यकार वैरागीको यो नवौं कृतिको लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक तथा चलचित्र अभिनेता एलपी जोशीले कार्यक्रमको उदघाटन गरेका थिए । प्रमुख अतिथि जोशीले हामी मानव हौँ , मानव भनेको चेतनाका हिसाबले उच्च प्राणी भएकोले समान व्यवहार गर्न सके समानता हामीभित्रै हुने बताए । उनले यस्ता चेतनामूलक पुस्तकका माध्यमबाट होस् या हामीले कलाका माध्यमबाट सकेसम्म जनचेतना फैलाउन सके जातीय विभेदको अन्त्य हुने भनाइ व्यक्त गरे।

सर्जक घिमिरेका अनुसार उनको यो नवौँ कृति गद्य, पद्यमा दुवै लयमा लेखिएको छ । साथै बहरबद्ध गजल पनि कृतिमा समेटिएको छ । घिमिरेका आख्यान, गैर आख्यान, स्मृति ग्रन्थ, कवितालगायतका संग्रह प्रकाशित भएका छन् । चाँडै नै उपन्यासको प्रकाशनको तयारीमा लागेको उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार मनु मन्जिल, केशव सुनाम, सुन्दरहरैँचा नगरपालिकाका पूर्व संस्थापक नगरप्रमुख शिवप्रसाद ढकाल, हर्कमान तामाङ, सावित्रा परियार अतिथि तर्फ आधुनिक साहित्य परिषद् काठमाडौका अध्यक्ष मुरलीप्रसाद ढकाल, गौरी पब्लिकेसन्सका प्रबन्धक तथा साहित्यकार दामोदर ढकाल, नयाँ वृन्दावन गौशालाका पिठाधीश दीनबन्धु शास्त्री, समाजसेवी तिलक परियार लगायत अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो।




Leave a Reply

Your email address will not be published.