कर्णालीमा सभामुखको लागि उम्मेदवारी दिने समय आज

सुर्खेत । कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ । शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ । अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ । त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।