बेलबारीको शैक्षिक गुणस्तर बढाउन मेयर राईको निर्देशन

बेलबारी । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले शैक्षिक सस्थाहरु युग अनुसार अगाडि बढ्नु पर्ने बताएका छन । उनले अहिले बेलबारी नगरपालिकामा अहिले भएका शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिएको बताएका छन । मेयर राईले माध्यमीक विद्यालयको ५९ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ” बेलबारी नगरको शैक्षिक सस्थाहरु जुन तरिकाले अघी बढ्नुपर्ने हो त्यो किसिमको नभएको बताएका थिए ।” बेलबारीको शैक्षिक स्थिती हेर्दा जो कोही पनि लज्जित हुनु पर्ने अवस्था आएको मेयर राईको भनाई रहेको थियो । उनले नगरमा भएका शैक्षिक सस्थाहरुले शिक्षाको गुणस्तर बढाउदै यहाँका विधार्थीहरुलाई बाहिर अन्य नगरमा जानबाट रोक्नु पर्ने कुरामा जोड दिएका छन ।

बेलबारीमा रहेको भगवती माध्यमीक विद्यालयको ५९ औ वार्षिकोत्सव विधालयका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतित्यथामा बिहीवार सम्पन्न भएको छ । यस विधालयमा हाल सम्म एक हजार ६ जना विधर्थीहरुले अध्ययन गरिरहेको विधालय व्यवस्थापन समितिले जनाएको छ ।

विधालयले ५९ औ वार्षिकोत्सवबाट अन्य शैक्षिक सस्थाको भन्दा फरक शैक्षिक पहिचान बनाउदै शिक्षाको गुणस्तरीय बढाउदै जाने बिषयलाई जोड दिएको छ । विधालयका प्रधानाध्यापक नारायणप्रसाद आचार्यद्वारा निकालिएको वार्षिक प्रतिवेदनमा गुणस्तरीय भौतिक सुविधाको बिकास गर्दै गुणात्मक शैक्षिक कार्यक्रम सञ्चालनद्वारा विधार्थी संख्या बढाउन प्रबर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जस्ता कुरामा जोड दिएको छ ।