सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका-५ लवडाँडा स्थित राजमार्गमा स्कुटर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्‍यु भएको हो ।

प्रदेश १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १-०१-०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई घाईते भएका मोटरसाईकल चालक मिक्कलाजुङ-७ मोरङका ३८ बर्षीय नरेन्द्र सेलिङको उपचारको लागि लाईफलाईन अस्पताल दमक तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने मोटरसाईकलमा सवार शिवसताक्षी-९ का २४ बर्षीय मनोज लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

त्यसै गरि मोरङको उर्लाबारी नगरपालिका-७ स्थित इटहरी सडक खण्डमा प्रदेश १-०२-०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा घाईते भएका पैदल यात्री ६५ बर्षीय खड्का बहादुर लिम्बुको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने स्कुटर चालक ईलामका ३५ बर्षीय सन्तोष लिम्बु, ओखलढुङ्गाका २४ बर्षीय तेजराज कटुवाल र मोरङका १८ बर्षीय उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।