सुन्दरहरैचाका मेयरलाई भेट्ने समय २ बजे पछी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाँईलाई सर्बसाधारणले जुनसुकै बेला भेटन नपाउने भएका छन । उनलाई भेट्न् उनको सचिवालयले २ बजे पछीको समय निर्धारण गरेको छ ।

जनताले सिंहदरबार सम्म सहज रुपमा पहुच पुर्याउन सक्नुपर्छ भन्ने आवाज उठिरहेका बेला स्थानिय सरकारले भने जनप्रतिनिधिलाई भेट्न् समय नै निर्धारण गरेको छ ।

समय निर्धारणा गरेपछी स्थानिय केही व्यक्तीले यस बिषयको आलोचना गर्न शुरु गरेका छन । अब नगरवासीले मेयर गुरगाईलाई २ बजे पछीको समयमा मात्र भेट्न् पाउने छन ।