बेलबारीबाट बालिका बलात्कार आरोपमा एकजना पक्राउ

बेलबारी । बेलबारी नगरपालिकामा १४ वर्षिय बालिकालाई करणि गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका ३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राती ति युवकले १४ वर्षिय बालिका माथि जबरजस्ती करणि गरेको उजुरी ईलाका प्रहरी कार्यालय बेलबारीमा आएको थियो । प्रहरीले उजुरीको आधारमा विकलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।