ईन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता

सुन्दरहरैचा । ईन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता लम्साल सर्वसम्मत चयन भएकी छन । सञ्जालको दोस्रो साधारण सभाले लम्साललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । साधारण सभाले उपाध्याक्षमा बालकृष्ण घिमिरे, सचिवमा कृष्णप्रसाद काफ्ले, सहसचिवमा कविता दाहाल र कोषाध्यक्षमा भिमादेवी खतिवडालाई चयन गरेको छ ।

सदस्यमा घनश्याम कार्की, लक्ष्मी आचार्य, सुमित्रा मैनाली , सोमा गौतम , शान्ती खड्का, ईन्द्र देवी भट्ट्, कमला अधिकारी, ख्याम न्यौपाने, डिल्लिराम ओझा, पुनम तिम्सिना चयन भएका छन । त्यस्तै लेखा समिती सयोजकमा केदार अधिकारी र सदस्यमा परमात्मा ओझा र पुनम दाहाल चयन भएका छन । सुन्दरहरैचामा रहेका सम्पूर्ण भजन समुहको सञ्जालको रुपमा स्थापना भएको यस सञ्जालमा ६ वटा वडाका ६० वटा भजन समुह आबद्द रहेका छन ।

हाल सम्म सुन्दरहरैचा नगरपालिका वडा नं १, ८, ९, १०, ११ र १२ का भजन समुहहरु यस सञ्जालमा आबद्द रहेका छन । सञ्जालले उत्कृष्ट समुह र अनुगमन समुह गरी ६ वटा भजन समुहलाई सम्मान गरेको छ । सञ्जालले उत्कृष्ट समुह तर्फबाट सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको बिष्णु पञ्चायन भजन समुह र वडा नं ९ मा रहेको हनुमान भजन समुह र राधाकृष्ण भजन समुहलाई समान गरेको हो । त्यस्तै अनुगमन समुहको तर्फ वडा नं १२ मा रहेको कालीमाता भजन साधना समुह, वडा नं १० मा रहेको नवज्योती शिव पार्वती भजन समुह र वडा नं ११ मा रहेको शिवशक्ती खैजडी संगिनी समुहलाई सम्मान गरेको हो । सञ्चालको दोस्रो साधारण सभा ईन्द्रपुर जेसिजको सभाहल विराटचौकमा सम्पन्न भएको थियो ।