करणी अभियोगमा मिक्लाजुङका अरुण पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले सुब्वालाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।