बेलबारीमा बिज्ञान,सामाजिक तथा साँस्कृतिक र फुड प्रर्दशनी हुने

दिनेश गिरी । बेलबारी । मोरङको बेलबारीमा बिज्ञान,सामाजिक तथा साँस्कृतिक र फुड प्रर्दशनी आयोजना हुने भएको छ । बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाको आयोजनामा मंसिर ९ गते शुक्रबार एकदिने बिज्ञान,सामाजिक तथा साँस्कृतिक र फुड प्रर्दशनी आयोजना हुने भएको हो ।

उक्त कार्यक्रमको जानकारी दिनका लागि बिद्यालयले बिहिबार पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष माधवराज थापाले किताबी ज्ञानले मात्र सिकाई पुर्ण हुन नसक्ने बताउँदै पढाई सँगै सिकाई,नबिनतम प्रबिधि,समालोचनात्मक चिन्तन,खोज,अनुसन्धनात्मक शिक्षा,उद्यमशिलता ,ब्यबहारिक र संस्कर युत्त शिक्षा समेत आबश्यक रहेकोले यो कार्यक्रम आयोजना गरिएको बताए ।

प्रर्दशनीमा बालबालिकाले तयार पारेका बिज्ञान सँग सम्बन्धित करिब २५ वटा प्रोजेक्ट,साँस्कृतिक बिबिधता झल्किने जातजातिका भेषभुषा र सामाग्रीहरु,बिभिन्न चाडपर्वमा खाईने खानेकुराका परिकारहरु,माटोका कला,कागजबाट बालबालिकाले तयार पारेका कलात्मक बस्तुहरु समेत राखिने बिद्यालयका प्रिन्सिपल कुमार खुलालले बताए ।

यस्ता कार्यक्रमले बालबालिकाहरुमा सामुहिक भावनाको बिकास,आत्मबिश्वासमा बृद्धि,सिर्जनात्मक र अनुसन्धानात्मक सिपको बिकास,अन्तरनिहित प्रतिभाको प्रस्फुटनमा सहयोग पुग्ने खुलालले बताए ।

सुन्दरहरैचा र बेलबारीका २५ वटा बिद्यालयले उक्त कार्यक्रमको अबलोकन गर्नेछन ।