नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबलको तयारी पुरा

नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दुवै टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् ।
नेपालका प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँग जित्ने मनोवलका साथ टिम तयार पारिएको बताएका छन् ।
तयारीका लागि कम समय पाएको र धेरै खेलाडीहरु विदेश पलायन भएको अवस्थामा यहाँ भएका उत्कृष्ट खेलाडी समेटेर टिम तयार पारेको उनको भनाई छ ।
लामो समय फिफाको निलम्बनमा परेको पाकिस्तान तीन वर्षपछि नेपालसँगको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।
नेपालले घरेलु मैदानमा डेढ महिनापछि मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यसअघि गत असोज १० गते नेपालले दशरथ रंगशालामा बंगलादेशसँग खेलेको थियो ।
पाकिस्तान भने फिफा निलम्बन फुकूवा भएपछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।