आफ्नै मामाको हत्या

मोरङको उर्लाबारी नगरपालिका–८ मा एक युवकले आफ्नै मामाको हत्या गरेका छन् ।
उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय मामा काजी महराको हत्या गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

महराको घर मोरङको पथरिशनिश्चरे नगरपालिका–१ मा हो ।
निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे लगिएको थियो । उपचारकै क्रममा पाँचकोटीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन ।