मोरङ ३ को ख मा मानबहादुर लिम्बुले गरे मनोनयन दर्ता

२४ कात्तिक,।
मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् ।
यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको थियो ।
लिम्बुले आज मनोनयन दर्ता गरेका हुन् । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको थियो ।
उम्मेदवार लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो ।