झापाबाट लागुऔषध सहित २ जना पक्राउ

झापा, कार्तिक २४ ।
झापाको भद्रपुर नगरपालिका–५ बाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका–१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।