नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार दिएको जानकारीअनुसार खेल काठमाडौंस्थित दशरथ रंगशालमा हुनेछ ।
पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेको थियो । तर, एन्फाले निर्वाचनका कारण एक खेल मात्र खेल्न सक्ने जवाफ पाकिस्तानलाई पठाएपछि एक खेल मात्र हुने भएको हो ।
आन्तरिक विवादका कारण पाकिस्तान फुटबल फेडेरेसनलाई विश्व फुटबल महासंघले लामो समयदेखि निलम्वन गरेको थियो । गत जुन महिनामा निलम्बन फुकुवा भएपछि उसले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।