द रोयल किङ पथरीशनिश्चरे प्रीमियर लिगको फाइनलमा प्रवेश

पथरी / रोयल किङ पथरीशनिश्चरे प्रीमियर लिगको फाइनलमा प्रबेश गरेको छ । शुक्रबार सम्पन्न दोश्रो क्वालिफायरमा क्लासिक एलाभेन हसहन्दलाई ६८ रनले पराजित गर्दै रोयल किङले फाइनलको यात्रा तय गरेको छ । आइतबार हुने फाइनलमा रोयलले सातबाघको सामना गर्ने छ ।

शक्रबार भएको दोश्रो क्वालिफायरमा टस जितेर ब्याटिङ गरेको रोयल किङले २० ओभरमा ६ बिकेट गुमाएर १७५ रन बनायो । जसका लागी कप्तान राज बस्नेतले ५६ रन बनाए । रोयलका पावल राईले १५ रन बनाए । क्लासिक हसहन्दका लागी सुजन खत्रीले ३ संन्जिव धिमालले २ बिकेट लिदा सुसिल बस्नेतले १ ले एक बिकेट लिए । जवाफि ब्याटिङ फर्काएको क्लासिक एलाभेन हसहन्द २० ओभरमा ९ बिकेट गुमाएर १०७ रनमा सिमित भयो । जसका लागी सोलोमन राईले ३० सन्जिव धिमाल र देवेन्द्र थापाले समान १४ तथा सुसिल बस्नेतले १२ रन बनाए । र

यलका लागी बिश्व बस्नेतले ४राज बस्नेतले २ तथा भुपेन राई र महेश कार्कीले समान १/१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच रोयलका राज बस्नेत घोषित भए ।
आइतबार हुने फाइनलको बिजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी तथा उपबिजेताले ५५ हजार ५ सय ५५ र ट्रफी जित्ने छ्न । पथरीशनिश्चरे प्रीमियर लिगको तेस्रो संस्करणमा भेट पक्का गरेका किर्तिपुर सातबाघ र रोयल पहिलो संस्करणको फाइनलमा समेत उपाधीका लागी भिडेका थिए । जसमा रोयलले उपाधी जितेको थियो ।