१० प्रतिशतसम्मले बढ्यो झिलिमिली बत्तीको मूल्य

तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गएको वर्षको भन्दा १० प्रतिशतसम्मले बढेको छ ।
नेपाल विद्युतीय व्यवसायी महासङ्घले गएको वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको बताएको हो ।
महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको छ ।
तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिद÷बिक्री बढ्न थालेको छ । फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला पनि देख्न सकिन्छ ।

अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि सुरु भएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा केही कमी आउने बताउनुभयो ।