मोरगं क्षेत्र नं ३ का उम्मेद्धारले बढीमा ३१ लाख रुपैया मात्र खर्च गर्न पाउने

पथरी / निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशर सभाका उम्मेद्धारहरुले खर्च गर्न पाउने खर्चको अधिकतम रकम सार्वजनिक गरेको छ । मोरङ्ग क्षेत्र नं ३ सहित ५२ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारहरुले बढीमा ३१ लाख रुपैया मात्र खर्च गर्न पाउने सुचना प्रकाशित गरेको छ ।

मोरङ्का ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १,२ र ३ का उम्मेद्धारहरुले अधिकतम ३१ लाख मात्र खर्च गर्न पाउने छन । त्यस्तै मोरङ ४,५,६ सहित देशका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । त्यस्तै देशका २६ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारले ३३ लाख, ५ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारले २५ लाख र १७ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारले बढीमा २७ लाख रुपैया मात्र खर्च गर्न पाउने भएका छन् ।