सिराहाका युवकको अपहरण गरि विराटनगरमा हत्या

मोरङ / सिराहाका एक युवकको अपहरण गरि विराटनगरमा हत्या गरिएको छ । सिराहा गोलबजारका–२ का १८ वर्षीय अंशु सदाको हत्या भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार सदाको ति युवकको अपहरणपछि हत्या गरिएको हो ।

‘सिराहाबाट अपहरण गरेर असोज २६ मा विराटनगर ल्याएका रहेछन’ कोइरालाले भने, ‘आज विराटनगरको बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा हत्या गरेको अवस्थामा शव फेला परेको छ ।’ सदाको हत्या अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको एसपी कोइरालाले बताए ।

उनका अनुसार सदाको हत्यामा तीन चार जनाको समूह संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हामी अनुसन्धानकै क्रममा छौं’, उनले भने, ‘अहिले घटनास्थलको अनुसन्धान गरिरहेका छौं।’