पथरीशनिश्चरे नगरस्तरीय क्रिकेट प्रिमियर लिग : उद्घाटन खेलमा बुद्ध युनाइटेड र क्लासिक हसन्दह विजयी

मोरङ / मोरङको पथरीशनिश्चरे नगरमा आज(शनिबार) देखि तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा टस जितेर ब्यटिङ रोजेको बुद्ध युनाइटेडले सात बाघ किर्तिपुरलाई चार वीकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुद्ध युनाइटेडले १०८ रणको टार्गेट दिएकोमा सात बाघ १९ ओभर ४ बलमा अलआउट भएको थियो । पहिलो खेलको म्यान आफ द म्याच बिजेता बुद्धा युटाइटेडका खेलाडि विशाल तामाङ घोषित भए । उनले टिमको लागि ३८ रणको योगदान गरेका थिए । आजै भएको दोस्रो खेलमा क्लासिक हसन्दहले विरेन्द्रनगर स्टिल टाइगरलाई ७६ रणले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको क्यासिक हसन्दहले विरेन्द्रनगरको लागि १४७ रणको टार्गेट दिएको थियो । विरेन्द्रनगरले पुरा ओभर खेले पनि ७६ रण मात्र जोडेका थिए । दास्रो खेल बिजेता क्लासिक हसन्दहका ५० रणको योगदान दिने देबेन्द्र थापा म्यान आफ म्याच घोषित भए । खेल जितेसँगै बुद्ध युनाइटेड र क्लासिक हसन्दहले २–२ अंक जोडेको छ ।

भोलिको खेल ंरोयल किङ्स भर्सेज हिसाब किताब ट्राईडेन्ट र दोस्रो खेल आइतबारे अस्त्र भर्सेज मंगलबारे लिजेन्डवीच प्रतियोगिता हुने आयोजक समितिको अध्यक्ष अरुण राईले बताए । लिग बिजेता टिमलाई १ लाख ११ हजार १११, दोस्रो हुने क्लबलाई ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने अयोजक समितिका जनाएको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट ब्याटर, बलर, क्षेत्र रक्षक, उदयमान खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजक समितिको सदस्य बिरोज मगरले बताए । प्रतियोगिता आज (असोज २२ देखि सुरु भएर) कार्तिक ६ गते समापनहुने बताइएको छ ।