मोरङ ३ (क) मा गठबन्धनबाट शेखरचन्द्र थापा उम्मेद्धार

पथरी / मोरङ क्षेत्र नं ३ (क) को प्रदेश सभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट शेखरचन्द्र थापाले टिकट पाएका छन् । नेपाली काँग्रेसको भागमा परेको प्रदेशसभा (क) मा काङग्रेसले ढिलो गरि उम्मेद्धार तोकेको हो । प्रदेश १ का वन,वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापा गठबन्धनका तर्फवाट उम्मेदवार बनेका हुन ।

पार्टी केन्द्रले आईतवार बिहान थापालाई प्रदेश सदस्यको टिकाट दिएको हो । उनी यस अघी समानुपातिकतर्फ बाट प्रदेश सदस्य भएका थिए । सोही क्षेत्रमा काँग्रेसबाट सुर्यामाराज राई समेत आकाँक्षी रहेका थिए । थापाले आजै बेलबारी स्थित निर्वाचन आयोगको कार्यालयमा उम्मेद्वारी दर्ता गर्दैछन । थापा राजनीतिमा इमान्दार र राम्रो छवी बनाएको नेतामा चिनिन्छन ।