केराबारीका वद्री विष्टको करेन्ट लागेर मृत्यु

सङ्खुवासभा ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताउनुभयो ।
शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर विष्ट घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका विष्टको खाँदबारी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।