बेलबारी प्रज्ञा प्रतिष्ठान अध्यक्षमा रेखा सुवेदी

दिनेश गिरी । बेलबारी । बेलबारी नगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । सनिबार बेलबारी नगरपालिकामा भएको भेलाले रेखा सुवेदीको अध्यक्षतामा २१ सदसिय नयाँ समिति गठन भएको हो ।समितिको उपाध्यक्षमा धनजित पराजुली, गणेश तामाङ, हिमांशु राय, मनकुमार गुरुङ , अजित कुमार धिमाल चयन भएका छन । सचिवमा कुलप्रसाद बराल र कोषाध्यक्ष शेखर थापा मगर सर्वसम्मत चयन भएका छन ।

त्यस्तै सदस्यमा उमा शिजापती, निर्मला गौतम , उपेन्द्रकुमार राई , राजु परियार, बिकास बुढाथोकी , संजिव कटुवाल, प्रेम गुरुङ , कलावती खवास, मेखबहादुर कार्की , टेकबहादुर मगर, महेन्द्र गिरी, ऋतु मर्दन खड्का, लक्ष्मी रेग्मी सुवेदी चयन भएका छन ।

तदर्थ समिती गठन पश्चात उक्त समितिको चौतर्फी विरोध भएको थियो । एमाले समर्थित केही साहित्यिक सस्था र व्यक्तीहरुले उक्त समितिको विरोध गरेका थिए । एमालेका केही व्यक्तीहरुको विरोध पश्चात पनि आज शनिबार बेलबारी नगरपालिकाको सभाहलमा बसेको भेलाले समिती गठन गरेको छ । समितिको कार्यकाल ४ बर्षको रहने छ ।