रेविज दिवस मनाउन सुरु

पथरी / बिश्व रेविज दिवसको अबसर पारेर मोरङको पथरीशनिश्चरे मा सप्ताह रुपमा रेविज दिवस मनाउन सुरु गरिएको छ । नगरको पशुपंन्छि शाखाले बुधबार पशु सेवा केन्द्रमा कार्यक्रम आयोजना गर्दै पालिएका कुकुर र बिरालालाई रेबिज खोप लगाएर कार्यक्रम गरिएको हो ।

नगर भित्रका सबै वडामा निशुल्क रुपमा रेविजको खोप लगाइने कार्यक्रम रहेको पशुपंन्छि शाखा प्रमुख पर्बत शाहले जानकारी दिनु भयो । बुधबार आयोजना गरिएको औपचारिक उदघाटन कार्यक्रममा नगर प्रमुख मोहन तुम्वाफो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद खरेल, नेब्ला पथरीका अध्यक्ष अर्जुन काफ्ले लगायतले रेविज खोप लगाएर रेबिज रोग नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छ्न ।

बुधबार बाट सुरु भएको कार्यक्रम असोज २८ गते सम्म सन्चालन हुने शाखाले जनाएको छ । २८ गते सम्म सन्चालन हुने खोप अभियानमा ६ सय भन्दा बडि कुकुर बिरालो लाई खोप लगाइने शाखाले जनाएको छ । गत बर्ष सप्ताह ब्यापि कार्यक्रममा ७४६ कुकुर बिरालालाई खोप लगाइएको थियो ।




Leave a Reply

Your email address will not be published.