बलात्कार आरोपमा मोरङको लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी १९ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । [sp_wpcarousel id=”18336″] राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको देखिएको प्रहरीले बताएको छ ।[sp_wpcarousel id=”18329″] उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । [sp_wpcarousel id=”18322″]