बेलबारी, कानेपोखरी र सुन्दरहरैंचामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवारमोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिकार सुन्दरहरैंचानगरपालिकामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नेपालीकांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिलशर्माले बिपन्नविरामीलाई लक्षितगर्दै बेलवारी वडा नंम्बर ८, कानेपोखरी वडा नम्बर ६ र सुन्दरहरैंचा वडा नम्बर ९ माशिविर सञ्चालन गराएकाहुन् ।
तीन वटा शिविरबाट एकैदिन७ सय ३३जनाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कानेपोखरी वडा नं.६मा सञ्चालितशिविरमा२५३जनाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नोबेलका छाती तथाफोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी सुवेदी र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले विरामीको जाँच गरेको हो । त्यहाँ७५जनाको इसीजी, ९७जनाको रक्त परीक्षण र १०५ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्याभएका ९जनाको दाँतउखेलिएको छ भने थपउपचार गर्नुपर्ने २९जनालाई नोबेल अस्पताल रेफर गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षितगर्दै सुन्दरहरैंचा–९माशिविर सञ्चालनगरिएको हो । शिविरमाउपचारका लागि१३७जनाविरामीआएकाथिए । जसमध्ये १०२ जनाको मुटुको जाँचइको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको टोलीले विरामीको स्वास्थ्यपरीक्षण गरेको हो । शिविरबाट ४३जनालाई थपउपचारका लागि अस्पताल पठाइएको छ ।
यता, नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.रस्मीथापा नेतृत्वको टोलीले बेलबारी–८माआयोजितशिविरमाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उपचारका लागि३४३ जनाविरामीआएको सो शिविरमा ५७जनाको इसीजी, १०२ जनाको ल्याबटेष्ट, १०७जनाको भिडियो एक्सरे गर्नुका साथै ११जनाको दाँतउखेलिएको छ । त्यहाँउपचार हुननसकेका ४२जनालाई अस्पताल रेफर गरिएको छ ।
तीनवटै शिविरबाट थपउपचारका लागि ११४जनाविरामी अस्पताल रेफर भएकाहुन् । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.शर्माले अस्पतालकै गाडीमा ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्थामिलाइदिएका छन् । डा.शर्माले विपन्नविरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि सो क्षेत्रमानियमितनिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गराउँदै आएका छन् ।
शिविरबाट ठूलो राहतमिलेको सो क्षेत्रका सर्वसाधारण बताउँछन् । नेपालीकांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । समाजसेवीव्यक्तिको पहिचानबनाएका डा.शर्मालाई नेपालीकांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्नप्रतिनिधि सभानिर्वाचनकालागिउम्मेद्वार बनाउँन सर्वसम्मतसिफारिससमेत गरेको छ ।

[sp_wpcarousel id=”18262″]

[sp_wpcarousel id=”18269″]

[sp_wpcarousel id=”18272″]

[sp_wpcarousel id=”18310″]

[sp_wpcarousel id=”18316″]

[sp_wpcarousel id=”18322″]

[sp_wpcarousel id=”18329″]

[sp_wpcarousel id=”18336″]

[sp_wpcarousel id=”18346″]