गुरुकुल पाठशालाको बालक्लबद्वारा शैक्षिक सहयोग

गुरुकुल पाठशाला बेलबारी–३ को बाल क्लबका विद्यार्थीहरुले बेलबारीकै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । गुरुकुल बालक्लबले वीरेन्द्र माध्यामिक विद्यालय बेलबारी–६ का करिब २७ विद्यार्थीहरुलाई कपि, पेन्सल, इरेजर, दन्तमन्जन, दाँतमाझ्ने ब्रस लगायत खानेकुरा समेत बितरण गरेका थिए।

[sp_wpcarousel id=”18269″]

[sp_wpcarousel id=”18272″]

कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले आफ्नो खाजा खर्चबाट कटाएर करीब रु ८०००।– बराबरको सामाग्री वितरण गरेको बाल क्लबकी कोषाध्यक्ष मेगी श्रेष्ठले बताउनु भयो । बालदिवसकै दिन सो कार्यक्रम आयोजना गर्ने सोच भएपनि बिबिध कारणले कार्यक्रम आजको दिन गर्नुपरेको बाल कल्बका सचिब मनिस भण्डारीले बताउनुभयो। बालबालिका जहाँको भएपनि बालबालिकाको समस्या सबैको साझा समस्या भएकोले आगामि दिनमा पनि यस प्रकारका कार्यक्रम जारी रहेने बाल क्लबकि उपाध्यक्ष निश्मा गिरीले बताउनुहुन्छ ।

[sp_wpcarousel id=”18310″]

[sp_wpcarousel id=”18316″]

कार्यक्रम बाल क्लबका अध्यक्ष बिकेस पन्तको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रम बालक्लबका सचिब मनिष भन्डारीले सञ्चालन गर्नु भएको थियो ।