विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ–गाउँमा सुनिल शर्मा

मोरङ, ३१भदौं ।प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचननजिकिएसँगै अहिले नेताहरु चुनावीअभियानमा जुटेका छन् । उम्मेद्वार बन्नलागेकाहरु जनताको घरदैलोमापुगेर आश्वासन बाढ्दै भोटमाग्नव्यस्त छन् ।यही परिवेशका एक फरक पात्रहुन् डा.सुनिलशर्मा ।
प्रतिनिधि सभानिर्वाचनकालागिनेपालीकांग्रेसमोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागिसर्वसम्मत रुपमाएकलनामसिफारिसमा परेका डा.शर्माको चुनावीअभियानअलिक फरक छ । उनीजनताको घरदैलोमाआश्वासन हैन सेवादिनपुगिरहेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा निर्वाचन क्षेत्रकामतदाताको घरदैलोमापुग्दाविशेषज्ञ डाक्टरहरुको टोलीलिएर पुग्छन् ।उनले स्वास्थ्यशिविर मार्फत सो क्षेत्रकाजनतालाई स्वास्थ्य सेवानिःशुल्कउपलब्ध गराइरहेका छन् । नोबेल अस्पतालबाट पनि सो क्षेत्रकाजनता धेरै लाभान्वित छन् ।
२०७४ सालको प्रतिनिधि सभानिर्वाचनमापनि डा.शर्मा सोही क्षेत्रमाकांग्रेसबाट चुनाव भिडेका थिए । कम्युनिष्टको किल्लामानिने सो क्षेत्रमाएमाले उम्मेद्वार भानुभक्त ढकालसँग पराजितभएपनिभारीमात्रामामतान्तर घटाउन डा.शर्मा सफलभए । बेलबारी स्थायी घर भएका डा.शर्मा चुनावहारेर पनि सो क्षेत्रकाजनताको सेवामानिरन्तर लागिरहेका छन् । निर्वाचनमा पराजित भएपछि पनि डा.शर्माले सो क्षेत्रमानियमितनिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गराइरहेका छन् ।
क्षेत्र नं.३ मा सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीका २६ वडा पर्छन् । अहिले सो क्षेत्रमा दैनिकतीन वटासम्म निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिदै आएको छ । शिविरमा नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । उपचारमाख्यातीकमाएकानोबेलकाछाती तथाफोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, स्त्रीरोग बिशेषज्ञद्वयप्रा.डा.शान्ति सुवेदी, प्रा.डा.सिता घिमिरे लगायतबिशेषज्ञ डाक्टरहरुसहितको टोलीशिविरमाजाने गरेको छ ।अस्पताल पुग्दापनि सबै विरामीले सहज रुपमा भेट्न हम्मेहम्मे पर्ने बिशेषज्ञ डाक्टरहरु उपचारका लागिगाउँमै आउँदाधेरै सजिलो भएको सर्वसाधरणहरु बताउँछन् ।
नियमितनिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गराइरहेका डा.शर्माले गतबर्षघर–घरमा डाक्टर घर घरमानर्श अभियानपनिसञ्चालन गरेका थिए। यसबर्ष एम्बुलेन्स क्याम्प सञ्चालन गरेर गाउँ–गाउँमै विशेषज्ञ डाक्टर पठाई विरामीलाई निःशुल्कउपचारको व्यवस्थामिलाइएको हो । शिविरमाउपचार सम्भव नभएकालाई डा.शर्माले नोबेल अस्पतालकै गाडीमा अस्पताल ल्याएर उपचार पश्चात घर पुर्याउँने व्यवस्थापनिमिलाइदिएका छन् ।डा.शर्माको यो अभियानबाट हजारौं विरामीले लाभलिइसकेका छन् ।
आफ्नो क्षेत्रकानागरिकलाई सकेको सहयोग गर्नयो अभियान सञ्चालन गरेको डा.शर्मा बताउँछन् । ‘अहिले चुनावआएर मात्रनिःशुल्कउपचारको अभियानचलाएको हैन, पहिले देखिनै निरन्तर चलिरहेको छ,’ डा.शर्मा भन्छन्, ‘आफ्नो गाउँठाउँका जनतालाई सकेको सहयोग गरौं भनेर यो अभियानचलाइएको हो ।’
आफुले जनतालाई व्यक्तिगततवरबाट निरन्तर सहयोग पुर्याउँदै आएकाले चुनावमाजनताले आफुलाई सहयोग गर्ने डा.शर्माको अपेक्षा छ । ‘म पैसा कमाउन राजनीतिमाआएको हैन, जनताको सेवागर्न आएको हुँ,’ डा.शर्मा भन्छन्, ‘चुनावहार्दा पनिजनताको सेवागरिरहेको छु, अझै जनताले चुनावजिताउँनु भयो भनेव्यक्तिगत रुपमा र सरकारी तवरबाट पनिअझ बढी सेवा गरेर देखाउँछु ।’