बेलबारीको माझीगाउँमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार बेलवारीको डाँगिहाटस्थित माझीगाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । फोक्सो सम्बन्धि समस्या र स्त्रीरोग सम्बन्धि समस्याभएकाविरामीहरुलाई लक्षितगर्दै एक दिने शिविर सञ्चालनगरिएको हो ।
नोबेलकाप्रिन्सिपलएवं छाती तथाफोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, स्त्रीरोग बिशेषज्ञ डा.सिता घिमिरेसहितका डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा८७जनाको इसीजी, १०७जनाको रक्त परीक्षण, १११जनाको भिडियो एक्सरेसहित ३४४ विरामीको स्वास्थ्य परीक्षण गरिएको नोबेलकाप्रवन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्याभएर शिविरमाआएका १९ जनाको दाँतखोलिएको छ ।
यता, शिविरमाउपचार सम्भव नभएका र थपउपचार गर्नुपर्ने ४७जनाविरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई नोबेल अस्पताल सञ्चालकडा.सुनिलशर्माले नोबेलकै गाडीमा अस्पताल ल्याएर उपचार गरी घर पुर्याउँने व्यवस्थामिलाइदिएका छन् । डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले गरिब तथाबिपन्नविरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि पूर्वी नेपालकागाउँ–गाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ ।
डा.शर्मामोरङको बेलवारीका स्थायीबासिन्दाहुन् । नेपालीकांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माको चुनावी क्षेत्र पनिभएकाले मोरङको क्षेत्र नं. ३ लाई उनले बिशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवाप्रदानगर्ने व्यवस्थामिलाउँदै आएका छन् ।