बेलबारी -३ मा `संयुक्त खस छेत्री नेपाल´को तदर्थ समिति गठन

बेलबारी -बेलबारी नगरपालिका वडा न-३ मा `संयुक्त खस छेत्री नेपाल´ समिति´को केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रतापकुमार थापाको अध्यक्ष्यतामा बेलबारी वडा नं ३ का ५० भन्दा बढी खस छेत्रीहरूको उपस्तिथिमा २१ सदस्यीय ३ नम्बर वडा कमिटी गठन गरिएको छ।जसमा अध्यक्षमा धन ब.थापा,उपाध्यक्षमा जेबि कोइराला र सचिवमा छत्र कार्की त्यसैगरी सल्लाहकार समितिमा उपेन्द्र सुवेदी,झमक जम्मर्कट्टेल,चित्र बहादुर खड्का र लालबहादुर सुवेदी सर्व सम्मतिबाट चयन भएको उक्त कार्यक्रमको सञ्चालन `संयुक्त खस छेत्री नेपाल´ बेलबारीका नगर सचिव भुपाल थापाले गरेका थिए।