नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताउनु भएको छ । नेता दाहालले संविधान अनुसार राष्ट्रपतिलाई विधेयक एक पटक फर्काउने अधिकार भएको भन्दै दोस्रो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेता दाहालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताउनु भयो । उहाँले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताउनुभयो ।
प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा चुनावको नतिजापछि मात्रै छलफल हुने बताउनुभयो । प्रचण्डले आफूले चाहे अहिले नै प्रधानमन्त्री हुन सक्ने भए पनि आफ्नो चाहना नभएको दाबी समेत गर्नुभयो । २०७४ सालको चुनावपछि पाँचै वर्षको लागि प्रधानमन्त्री हुन ढोका खुला भएको तर त्यस समयमा बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।