मोरङ १ (क) प्रत्यक्ष तर्फ बीरबलको नाम सिफारिस भएसँगै कार्यकर्ता उत्साहित,पार्टीले गर्ला न्याय ?

उर्लाबारी / नेपाली कांग्रेसका नेता बीरबल थापाको मोरङ क्षेत्र नं १ (क) बाट प्रदेश सभातर्फ प्रत्यक्ष तर्फ उम्मेद्वारको नाम सिफारिस भएपछि कार्यकर्तामा एकाएक उत्साह छाएको छ। उनलाई चिन्ने जान्नेहरु स्थानीय स्तरमा कांग्रेसको ब्राण्ड नेताको रुपमा चिन्छन् ।

नेपाली कांग्रेस उर्लाबारी पूर्व नगर सभापतिसमेत रहेका थापा यतिबेला उर्लाबारी—७ मा जनप्रतिनिधि बनेर जनताको सेवा गरेर मन जितिसकेका छन् । थापा राजनीतिमा मात्र नभई सामाजिक क्षेत्र पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेसको बुथ समितिको सचिव, नेपाल तरुण दलको गाउँ सभापति र जिल्ला उपाध्यक्ष हुँदै तिन कार्यकाल कांग्रेस नगर सभापति भइसकेका थापा विभिन्न संघ÷संस्थामा समेत आबद्ध रहेका छन् । थापा हाल नेपाली काङ्ग्रेस मोरङका जिल्ला सदस्य हुन । सामाजिक कार्यमा कटिबद्ध भएर लागिपर्ने थापा कांग्रेसभित्र लोकप्रिय तथा जनधार भएका नेता मानिन्छन् ।

गत स्थानिय निर्वाचनमा बागी उम्मेदवारका कारण झिनो मतले पराजित भएका थापा प्रदेश सभामा प्रत्यक्ष तर्फ सिफारिस भएका नाममध्ये एकदम लोकपृय मानिन्छन । स्थानीय विकास निर्माणमा पनि थापाको निकै सक्रियता रहने गरेको छ । उनलाई पार्टीले प्रदेश सभातर्फ प्रत्यक्ष उम्मेद्वार बनाएपछि पार्टिले न्याय गर्ने कुरामा कार्यकर्ताहरु आशावादी छन।

उर्लाबारी नगर क्षेत्रकै नेतृत्व गरेका सक्षम ब्यक्ति थापा भएकाले थापालाई टिकट पर्ने कांग्रेस कार्यकर्ताहरुको उत्कट चाहना छ ।
देशको विद्यमान अवस्थामा युवाहरु वेरोजगारको मारमा रहेको बताउँदै थापाले भने–‘त्यसको प्रत्यक्ष असर हाम्रो क्षेत्रमा पनि परेको छ । यहाँका युवाहरु आफ्ना योग्यता, क्षमता तथा सीप हुदाँहुँदै पनि रोजगार सिर्जना गर्ने माध्यम, सही मार्गदिसा र अवसरको पहुँच नपुग्दा दूव्र्यसनीमा फस्न पुगेका छन् ।’ यी यस्ता समस्याहरुलाई समाधान गर्न युवामैत्री वातावरण निर्माण गरी युवाहरुलाई उत्पादनमा विशेष जोड दिन सम्बन्धित निकायहरुसँग पैठोजोरी गर्दै व्यस्त जीवनमा परिणत गर्ने उनको योजना छ ।

‘ मैले टिकट पाएर जितेको खण्डमा उर्जाशील युवा क्षमतालाई विकास निर्माणका समृद्धिको बाटोमा सहभागी बनाउने मेरो पहिलो योजना रहेको छ’ थापाले भने । ढल निकास, सडक स्तरोन्तती, बिद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद मैदान तथा बाल उद्यान बनाउने, स्थानीय स्तरमै सबैलाई रोजगारको अवसर प्रदान गर्ने, फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउने, महिलालाई सीपमूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यमा आफूले अग्रणी भूमिका खेल्ने थापाले बताएका छन् ।

राजनैतिक तथा सामाजिक गतिबिधिमा अग्रसर थापा टिकट पाउनै पर्ने व्यक्ति भित्र पर्छन् । उनी लामो समयदेखि जनताको हितमा काम गर्ने युवा नेता हुन् । उनी नेपाली कांग्रेसमात्र होइन अन्य पार्टीका कार्यकर्ता तथा मतदातामाझ पनि लोकप्रिय छन्। त्यसैकारण उनले टिकट पाउने धेरैको बुझाई छ ।

उनले लामो समय जीवन नै समाज सेवा र जनताको सुखदुःखमा समर्पित गर्छु भनेर राजनीतिमा लागेको बताए । त्यसकारण पनि पार्टीले न्याय गर्छ भन्ने विश्वास छ, उनलाई । वीरवल भन्छन् ‘ मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु ।’ उनले आफूलाई पार्टीले टिकट दिए निर्वाचन जित्ने समेत बताए ।

उनले भने ‘जनआन्दोलमा घाईते भएको व्यक्ति हुँ र पटक/पटक आन्दोलन गर्दा प्रहरी हिरासतमा पनि बसेको छु। मोरङ माटोमा हुर्किए त्यसैले यहाँको समुदायको समस्या बुझेको छु । उमेरले पनि युवा छु देश र समाजकालागि पनि केही गरौँ भन्ने भावना छ । त्यसकारण पनि पार्टीले टिकट दिने कुरामा विश्वस्त भएको हुँ ।’

उनले शिक्षा, सञ्चार सडक र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउन सके गरिवीको अन्त्य हुने बताउँदै अबको मिशन चार ‘स’मा केन्द्रित हुने बताए ।