मोरङ क्षेत्र नम्बर १ (ख) मा माओवादीबाट प्रत्यक्ष तर्फ मौसमको नाम सिफारिस, पार्टीले गर्ला न्याय ?

उर्लाबारी / आउँदो मंसिर ४ मा हुन गईरहेको चुनाबमा प्रदेश सभा अन्तरगत प्रत्यक्ष तर्फ क्षेत्र नं १ ‘ख’मा नेकपा माओवादीबाट मौषम लिम्बूको नाम सिफारिस भएको छ । मौसमले यश अघि नै उम्मेदवारी घोसणा गरेका थिए पार्टीपंङ्ती र स्थानीय स्तरमा निक्कै लोकप्रिय युवा नेता मौषमको उम्मेदवारीका लागि नाम सिफारिस भएपछी कार्यकर्तामा उत्साह तथा भरोसा मिलेको छ ।

लामो समय देखि मौसम जीवन नै समाज सेवा र जनताको सुखदुःखमा समर्पित गर्छु भनेर राजनीतिमा लागेको बताउछन ।त्यसकारण पनि पार्टीले न्याय गर्छ भन्ने विश्वास छ।

मौसमले भने ‘अबको नेतृत्व भनेको अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था पनि आएको छ। त्यसकारण मैले उम्मेदवारी दिने घोषणा गरेको थिए,नाम सिफारिस भएको छ। र मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु।’ उनले आफूलाई पार्टीले टिकट दिए निर्वाचन जित्ने समेत बताए।

उनले भने ‘जनआन्दोलमा घाईते भएको व्यक्ति हुँ र पटक÷पटक आन्दोलन गर्दा प्रहरी हिरासतमा पनि बसेको छु। मोरङ बिकट ठाउँ वारङ्गी लेटाङको माटोमा हुर्किए त्यसैले यहाँको समुदायको समस्या बुझेको छु।उमेरले पनि युवा छु देश र समाजकालागि पनि केही गरौँ भन्ने भावना छ।त्यसकारण पनि पार्टीले टिकट दिने कुरामा विश्वस्त भएको हुँ।’

को हुन मौसम ?

नेकपा माओवादीका जिल्ला सम्वन्वय समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक मौषम पार्टी निकट लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव हुन् । उनी लेटाङ निवासी हुन । तत्कालिन नेकपा माओवादीको २०५६/५७ गाउँ इकाईको सम्पर्क समितिमा बसेर पार्टीमा निरन्तर लागिरहेका मौषम प्रष्टवक्ता भित्र पर्छन । अखिल कान्तिकारी विद्यार्थी संगठन , जनबर्गिय संगठन लिम्बूवान मुक्ति मोर्चा नेपालमा आवद्ध भई संगठनको काम गर्ने क्रममा मौषम २०५८ साल भदौं १७ गते नेकपा माओवादीको पूर्णकालिन भैइ बिभिन्न शैन्य तथा सांगठनिक गतिविधीमा सक्रिय रहेका थिए ।

२०५८ साल फागुन १० गते जिल्लाबाट विधिवत रुपमा पार्टीको सदस्यता लिएका मौषमले पार्टीको काम गर्ने शिलशिलामा जेलनेल पनि भोगेका छन् । माओवादी आन्दोलन र संघर्षमा कतिपनि विचलित नभई लागि परेका मौषम पार्टीको निर्देशन बमोजिम काम गर्ने शिलशिलामा २०६० साल माघ २० गते बेलबारीबाट गिरफतार भएका थिए ।

मौषम शान्ति सम्झौता अनुरुप २०६३ भदौं ३० गते रिहा भएका थिए । मौषमले प्रदेश सभाको टिकट पाए ,जितेर देखाउने दावी गरे । उनले प्रष्ट रुपमा भने–भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न राजनीति गर्ने हो । ‘पिछाडीको मोरङ क्षेत्र नम्बर १ ‘ख’ बिकास गर्नु मेरो उत्कट चाहाना हो ।

उनले शिक्षा,सञ्चार सडक र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउन सके गरिवीको अन्त्य हुने बताउँदै अबको मिशन चार ‘स’मा केन्द्रित हुने बताए । पार्टीमा लोकप्रिय मौषमले टिकट पाए जितेर देखाउने बताँउदैं आफु जतिको कार्यकर्ताको मुुल्याङ्कन हुनु पर्ने बताउछन् ।