उर्लाबारी र पथरीशनिश्चरे बीच साझा विषयमा रणनीति बनाउने तयारी

पथरी / मोरङको उर्लाबारी र पथरीशनिश्चरे दुई स्थानीय तह बिचमा अन्तरपालिका समन्यय गरी साझा समस्याहरूको बारेमा साझा रणनिति बनाउने तयारी सुरु गरिएको छ ।

विहिबार उर्लाबारी नगरपालिकामा दुबै नगरपालिकाका नगर प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु सहित भएको छलफल भएको थियो । सो छलफलमा दुई नगरपालिकाका कतिपय क्षेत्रमा सिमाना जोडिएका कारण दुबै पालिकाका समस्या एउटै भएकोले साझा रणनीति बनाइ अघि बढ्न पालिका स्तरीय साझा समिति गठन गर्ने र साझा रणनीति अवलम्वन गर्ने गरी प्रारम्भिक छलफल सम्पन्न भएको छ ।