नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा दिवाकर भण्डारी चयन

बारा / नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा दिवाकर भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्‍न दोस्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको छ ।

समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोइराला, कोषाध्यक्ष प्रल्हाद तिमिल्सिना छन् । यसैगरी सदस्यमा प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेललगायत चयन भएका छन् ।अधिवेशनले तत्कालीन कार्यसमितिका गोकुल घोरसाइने, लक्ष्मी साह, रेशम तिवारी, प्रकाश लम्साल, सिकेन्द्र पासवान, फैजुल्लाह आलमलाई सल्लाहकार समितिमा चयन गर्ने निर्णय गरेको छ ।




Leave a Reply

Your email address will not be published.