बस्नेतको नाम प्रदेश सभा सदस्यमा सिफारिस

बेलबारी । नेपाल प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत प्रदेश सभा सदस्यमा सिफारिस भएका छन । बस्नेत मोरङ क्षेत्र नं ३ ‘ख’ बाट प्रत्यक्ष तर्फ सिफारिस भएका हुन । उनलाई प्रदेश ‘ख’ समितिले सिफारिस गरेको हो ।
बस्नेत नेपाली काङ्ग्रेस मोरङका जिल्ला सदस्य समेत हुन । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका बस्नेत उक्त क्षेत्रमा लोकप्रिय छन । पत्रकारिता क्षेत्रबाट उनले क्षेत्रमा समेत विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन ।
बस्नेत निरन्तर खबर अनलाइन र रेडियो वेतनाका अध्यक्ष समेत हुन । बस्नेत सगै प्रत्यक्ष तर्फ लोकप्रसाद सङ्ग्रौला, राजकुमार लिम्बु, राजेन्द्र ढकाल, राजेन्द्र अधिकारी र रमहरी कोइरालाको नाम समेत क्षेत्रले सिफारिस गरेको छ ।