मोरङ क्षेत्र नं ३ मा सुनिल शर्माको नाम सर्वसम्मतले सिफारिस

दिनेश गिरी । सुन्दरहरैचा । आसन्न प्रतिनिधि सभाको मंसिर ४ गतेको निर्वाचनको लागि मोरङ क्षेत्र नं ३ मा सुनिल शर्माको नाम सर्वसम्मतले सिफारिस भएको छ । मंगलबार क्षेत्रिय कमिटिको बैठकमा शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो ।

बैठकमा प्रतिनिधि सभाको लागि ६ जना व्यक्तीको नाम शुरुमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नामहरु सुनिल शर्मा, मित्रशेन योन्जय, जयराज लिम्बु, केशव दुलाल, गोपाल नेपाली लगायत एक जना महिला थिए । तर सबै प्रस्तावित गरिएका व्यक्तीहरुले बैठकमा सुनिल शर्माको नाममा सहमति गरेका थिए ।

यसै गरी मित्रसेन योन्जन, जयराज लिम्बु र बसन्त भट्ट्राराईलाई समानुपातिक तर्फ उम्मेद्वार बनाउने सहमति भएको छ । बैठकमा काङ्ग्रेस प्रदेश १ का प्रदेश सदस्य शिवप्रशाद ढकाल, गोपालबहादुर थापा लगायतका व्यक्तीहरु उपस्थिती थिए ।

शर्माको नाममा प्रदेश सदस्य शिव ढकाल, महेन्द्र सुवेदी, ललित श्रेष्ठ, लोकप्रसाद सङ्ग्रौला , गोपाल थापा, शेखरचन्द्र थापा र सुयर्मा राईले समेत सहमति जनाएका छन । बैठकमा ६ जना व्यक्तीको नाम उठेपछी देउवा समुहले नै शर्माको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो । त्यस्तै गोपाल थापा, शिव ढकाल, ललित श्रेष्ठलाई प्रदेशको समानुपातिक तर्फ उम्मेद्वार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।