स्रोत नखुलेको रकमसहित झापाबाट एक जना पक्राउ

झापा / झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका–१ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार बिहान पौने १२ बजे झापा–१ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।

प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उनको साथबाट १००० दरको ९०० वटा नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ ।