भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

विराटनगर। भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथानविराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थितक्रिस्चियन मेडिकल कलेजमाकामगर्दै आएकाप्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् ।

उनलाई नोबेलका न्यूरो बिभागप्रमुख डा.प्रकाशकाफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्डब्रेन ट्यूमर, मेरुदण्डको नसाच्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशनगर्न अब्बल मानिन्छन् । प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपालीविरामीहरुलाई निकै राहतमिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिलशर्मा बताउँछन् ।
नोबेलमा बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले, डा.प्रमोद चौधरी लगायत न्यूरो सर्जनहरु पनिकार्यरत छन् । प्रा.डा.जोनाथानको प्रवेशले नोबेलमा न्यूरो सर्जनको टिम थपमजवुतभएको छ ।
विश्वमै जटिल एवं दुर्लभ मानिने शल्यक्रियाहरु पनि सफलतापूर्वक गरेर नोबेल अस्पताल न्यूरो सर्जरी सेवामाअब्बल सावित छ । नोबेलमा नेपालकाबिभिन्नजिल्लासहितभारत, माल्दिभ्स, बर्मा लगायत देशकाविरामीपनिशल्यक्रियाकालागिआउँने गरेका छन् ।
नोबेलले दुई अर्ब २० करोडको लगानी गरेर २०७३ सालबाट दक्षिणपूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो । नोबेलमाओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनलएमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायतअत्याधुनिकउपकरण छन् ।

अत्याधुनिकउपकरण र दक्षचिकित्सकहरु भएकाले नोबेलमाजटिल एवं दुर्लभ शल्यक्रियापनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा न्यूरो सर्जरी सम्बन्धि पीएचडी लेबलको ‘एमसीएच न्यूरोसर्जरी’ पढाई पनिहुने गरेको छ ।