प्रतिबन्धित लागुऔषध सहित पक्राउ

झापा ।
झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०२–०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–११ झापाका २४ बर्षीय आकाश गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।