इलामबाट झलनाथ र सन्जीपको नाम सिफारीस

नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम–१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ ।
इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप–महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा सदस्यका लागि इलाम–१ (क र ख) मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।
इलाम–२ (क र ख) मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ ।