पुराना देउवा र नयाँ देउवाको जुहारीले मोरङमा देउवा समुह सकिने अवस्थामा

मोरङको सुन्दरहरैँचा स्थित विराटचौकको नेपालीरिका होटलमा केहि दिन अगाडी मोरङका देउवा र सिटौला पक्षधर नेताहरुको बैठकका गोप्य कुराहरु बाहिरीएपछि मोरङ देउवामा क्याममा भाँडभैलो मचिएको छ । चुनावलाई प्रमुख एजेण्डा बनाएर बसेको बैठकमा पुराना देउवा पक्षधर नेताहरुलाई जानकारी नै नदिई बसेको भन्दै भाँडभैलो मच्चाइरहेका छन ।

बिगत लामो समयदेखी देउवा क्याममै रहेका नेताहरु बढि आक्रोसित अभिव्यक्ति दिन थालेका छन । देउवा क्यामका नेता अमृत अर्याल, रमेशजंग रायमाझी, डिला संग्रौला, दिलिप गच्छदार, शिव ढकाल र सिटौला पक्षधरका भिम पराजुली, खड्ग फागो र दुई पत्रकारहरुको बैठक बसेको थियो । बैठकमा देउवा क्यामकै शेखरचन्द्र थापा र केशव निरौलालाई पनि बोलइएको थियो तर उनिहरु गएनन । क्षेत्र नं ३ केन्द्रित बैठकमा संघिय उमेद्वार बन्न गोपाल थापालाई आग्रह गर्दा पनि थापाले आफु समानुपातिकमा जाने भन्दै आफुलाई नफसाउन भनेका थिए ।
केहि केन्द्रिय नेताहरुले हाल पनि थापाका छोरालाई फान गरी बुबालाई मनाउन आग्रह गरिरहेको देउवा क्यामकै एक नेताले बताए ।

आत्म समिक्षा गर्दै आफ्नो गुटलाई कसरी बलियो बनाउने भन्दै बिना निष्कर्ष बैठक सकिएको थियो ।
देउवा र सिटौला गुटका नेताहरुमा स्थानीय तहबाट आरोप प्रत्यारोप चल्दै आएपछि देउवा गुट नै सखाप हुने अवस्था आएपछि देउवा गुटका एक पत्रकारले बिबाद मिलाउने भन्दै आकस्मिक बैठक राखेका थिए । तर बिबाद समाधान हुनत कता हो कता झन बिबाद चर्किएर उग्र रुप लिएको छ ,। श्रोतले दिएको जानकारी अनुसार सिटौला ग्रुपका भनेर चिनिने खड्ग फागोले प्रदेश १ का काँग्रेस उपाध्यक्ष रमेशजंग रायमाझीलाई त आफुलाई हराउन लागि परेको भन्दै आरोप लगाए ।

रायमाझीले भने सुनिराखे तर उत्तर दिएनन । रायमाझि सोहि दिन काठमाण्डौ लागेका थिए ।
यस भन्दा अगाडी सुन्दरहरैचा नगरका मेयरका उमेद्वार शिव ढकालले पनि रायमाझिले आफुलाई सहयोग नगरेको बताएका थिए । डिला संग्रौलाले पनि हिजो जे भएपनि अबका दिनमा मिलेर जाने बताएकि थिइन । तर डिलालाई भने अधिकाँस अमृत आर्यल लगायत नेताहरुले जिल्ला महाधिवेसनमा शेखर कोइराला गुट सँग नजिक भएको आरोप लगाएका थिए ।
सिटौला गुटका पराजुलीले भने आफ्नो क्षेत्र नै अलपत्र भएको आफुले उमेद्वार हुने क्षेत्र नभएको भन्दै रोइलो गरेका थिए ।

बैठक सकेर नेताहरु घर नपुग्दै बैठकका भएका कुराहरु कोइराला गुटका नेताहरुसँ पुगेपछि बैठकको बिषय बाहिर आयो । सबै कुुरा बाहिर आएपछि देउवा क्याममै रहेर लामो समयदेखि राजनिति गर्दै आएका नेताहरु नयाँ देउवाहरुले मोरङमा देउवा गुट सक्ने भए भन्दै नेताहरुसँग गुनासो पोख्न थाले । नभनुन पनि कसरी । देउवाले पाटि फुटाएदेखिनै साथ दिदै आएका जनार्दन निरौला, रन्जन थापा, लगायत पुराना नेताहरुलाई खबरै नगरी बैठक बसेपछि असन्तुष्टि बडेको ति नेताहरु बताउछन ।

देउवा लाइनमा आफुहरु भन्दा धेरै पछि आएकाहरुले नै अहिले देउवा गुट सक्न खोजोको र पाटिलाई धरापमा पारेको उनिहरु बताउछन । पुराना देउवा गुटका नेताहरु अव आउने चुनावदेखी कुन बाटोमा जाने भन्ने बिषयमा दोधारमा रहेका छन ।

डिक बहादुर लिम्बु जिल्ला सभापति भएर मोरङमा रहँदा देउवा क्यामको जिल्लामा जगजगी थियो । अधिकाँस क्षेत्र देउवा क्यामकै हाबि थियो । जव अमृत अर्याल लगायतको टिम देउवा क्याममा प्रवेश गर्याे तब डिक बहादुरमाथि प्रहार हुन थाल्यो । लिम्बुले धार परिवर्तन गरेर कोइराला क्याममा गए । अधिकाँस नेताहरु लिम्बुसँगै कोइराला क्याम्पमा गए सँगै देउवा क्याम मोरङमा कमजोर हुँदै गयो । हाल आएर सिमित नेतामा मात्रै मोरङमा देउवा क्याम रहेको छ ।

ति पुराना देउवा क्यामका नेताको भनाईलाई मान्ने हो भने डिक बहादुर लिम्बुसँगै नागेश कोइराला, मोदराज घिमिरे, दिलिप पोखरेल, हसन अन्सारी, देवराज तामाङ, शंखर राई लगायत अधिकाँस नेताहरु देउवा क्याम छोडेर कोइराला क्याममा गएका छन । यि नेताहरु अमृत अर्यालको दमनकै कारण अर्काे क्याममा गएको काँग्रेसीहरु बताउछन । अमृत अर्याल सिमित कोठामा आफ्ना आसेपासेको मात्रै भनाई सुन्ने गरेकै कारण मोरङमा देउवा कमजोर बनेको बताउन थालेका छन ।

डिला संग्रौला र रमेशजंग रायमाझीको कारण मात्रै हालसम्म देउवा क्याममा पुराना नेता कार्यकर्ताहरु बसेका यी नेता नहुनेहो भने सिमित नेतामा मात्र देउवा क्याम रहने ति नेताहरु बताउछन ।




Leave a Reply

Your email address will not be published.