झापामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा ।
झापाको मेचिनगर नगरपालिका–६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश३–००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानिय पैदल यात्रि ४० बर्षीत चेतनाथ फुयाललाई ठक्कर दिई घाईते भएका थिए ।
तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।