पहिरोबाट विस्थापित १३ परिवारलाई राहत

खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङले पहिरोपीडितलाई राहत प्रदान गरेको छ । वर्षापछि गत १७ असार राति गएको पहिरोबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १३ परिवारलाई राहत प्रदान गरिएको हो ।

पहिरोबाट पूर्णरुपमा विस्थापित भएपछि डाँडाको खेतमा त्रिपाल टाँगेर बसिरहेका सावालुङका रामिरा राई, जीतबहादुर राई, कर्णबहादुर राई, भीमबहादुर राई, शारदा राई, धनकुमार विश्वकर्मा, पारश राई, युवराज श्रेष्ठ र साउधन राईलाई रेडक्रसले बन्दोवस्तीका सामग्री प्रदान गरेको हो ।

उनीहरुलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट भाँडा, आठ मिटर बुट्टे कपडा, एक थान कपडा, एक वटा बाल्टिन, दुई थान साडी, डोरी, एकरएक थान कपडा र एक सेट हाइजेनिक किट प्रदान गरिएको छ । यस्तै, पहिरोले घरमा सामान्य क्षति पुगेका मसिरी राई, पुरीमायाँ राई, वलराम राई र पर्शुराम राईलाई एक–एक थान त्रिपाल वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले बताए ।